नवलपरासी १६ चैत्र ,
शान्ति, सबिधान, नागरिक सर्वाेच्चता र राष्टिय स्वाधिनताका लागी राष्टिय संयुक्त सरकार आवश्यक रहेको ठहर गर्दै माओवादीले नवलपरासीका गाऊगाऊमा पार्टी सदस्यस्तरका कार्यकर्ता प्रशिक्षणलाई तीव्र बनाएको छ ।
एकीकृत नेकपा माओवादी नवलपरासीका अनुसार सोमबार जिल्लाका ८ ठाऊमा कार्यकर्तालाई राजनैतिक वैचारिक प्रशिक्षण दिइएको छ ।
माओवादी नवलपरासीले मगलबार देखि समयमै जनसंविधान बनाउनका लागी जनदबाब आवश्यक रहेको भन्दै घरदैलो अभियान चलाउने जनाएको छ ।
एकीकृत नेकपा माओवादी जिल्ला संगठन समिति नवलपरासीका ईञ्चार्ज बाला थापा कृतिका अनुसार सविधान जारीगर्ने दिन नजिकिदैं जादा पार्टीले लिएको वर्तमान कार्यनीतिबारे कार्यकर्तालाई स्पष्ट बनाउन प्रशिक्षणलाई तीव्र बनाइएको हो ।
माओवादीका अनुसार ४ हजार ८ सय पार्टी सदस्य लाई इलाका नं. ४ र ५ कोमुकुन्दपुरमा पार्टीका जिल्ला सहइन्चार्ज जगन्नाथ आचार्य विज्ञान, इलाका नं. ६,७,८ को कावासोतीमा सहइन्चार्ज द्रोण शिवाकोटी ११ र १२ को चोरमारामा शुशिला विश्वकर्मा १५,१६,२५,२६ इलाकाको सदरमुकाम परासीमा केन्द्रिय सदस्य किसन शर्मा र सहइन्चार्ज मोती रिजाल, इलाका नं. १७,१८,१९,२०को प्रतापपुरमा जिल्ला सचिव राजुहरिजन र इलाका नं.२१,२२,२३,२४ को ग्रेमीमा सहइन्चार्ज भविश्वर तिवारी आजातले प्रशिक्षण दिएका थिए । इलाका नं. १३,१४ र २२ का पार्टी सदस्यहरुलाई प्रशिक्षण दिदै एकिकृत नेकपा माओवादीका जिल्ला इन्चार्ज बाला थापा कृतिले विशिष्ट घडी भएकाले अग्रगामी परिर्वतन चाहने र प्रतिगामीकँ बीच अन्तिम टकराव हुने बताएको एक कार्यकर्ताले जनाए । पार्टी श्रोतका अनुसार एकिकृत माओवादीले चैत्र २४ गते जनआन्दोलन सम्झनामा परासीमा जनसभाको आयोजना गरिएको र त्यसैको तयारीमा प्रशिक्षणलाई तिव्रता दिएका हो । श्रोतका जानकारी अनुसार एकिकृत नेकपा माओवादी नवलपरासीमा ४ हजार ८ सय पार्टी सदस्य, १ हजार ४ सय इलाका सदस्य, एक सय ७५ जिल्ला सदस्य,७५ जिल्ला सल्लाहकार, ५३ राज्यसमिति सदस्य १३ राज्य सल्लाहकार र २० हजार १ सय ३ विभिन्न जनवर्गीय संगठन मोर्चा सम्द्ध कार्यकर्ता रहेका छन ।
No comments:
Post a Comment