विश्वमै लोप हुने अवस्थामा रहेको जटायु¬(गिद्ध)लाई संरक्षणका लागी नवलपरासीको पिठौलीमा जटायु रेष्टुरेन्टको स्थापना गरेको छ ।
स्थापनाको समयमा ७६ वटा गिद्ध भेटिएकोमा हाल बृद्धि भएर यसको संङ्ख्या २१७ पुगेको छ । जस मध्ये ५० प्रतिशत प्रजनन र ५० प्रतिशत अन्य ठाउबाट आएको कारण गिद्धको संङख्या बढेको हो ।
बि.स.२०६३ सालमा पिठौलीको नमुना मध्यवर्ती सामुदायिक वनमा गिद्ध संरक्षणका लागी खोलिएको जटायू रेष्टुरेन्ट नेपालमा मात्र नभई दक्षिण एसियामा पहिलो पटक स्थापना गरिएको हो ।
सामुदायिक स्तरबाट सञ्चालित त्यस जटायु रेष्टुरेन्टमा दक्षिण एसियामा पाइने नौ प्रजातीका गिद्धहरु सानो खैरे,खैरे,डंगर,सुन,गोब्रे,राज,हिमाली र हाडफोर मध्ये यहा सानो खैरे,डंगर र गोब्रे गरी तिन प्रजातीका गिद्ध पाईन्छ ।
नेपालमा अहिले गिद्धहरुको संङ्ख्या एक हजार भन्दा बढि जोडी रहेको नेपाल पंछी संरक्षण संघले गरेको छ ।यसका साथै पिठौली बाहेक पाँच सयको हाराहारीमा गिद्धहरु नवलपरासीको बर्दघाट,लुम्बीनी र दाङको रेष्टुरेन्टमा देख्न सकिन्छ ।
गिद्धलाई बाताबरणीय हिसाबले प्रकृती संरक्षक पनि मानिन्छ, गिद्ध भएको ठाउमा त्यहाको हावापानी स्वच्छ हुने गर्छ ,केहि बर्षयता डाइक्लोफेनेक नाम गरेको औषधी प्रयोगले पशु मरेको सिनो खाएको कारण गिद्ध लोप हुने अवस्थामा अनुसन्धानबाट प्रस्ट भएको छ ।
त्यसैले नवलपरासीको पिठौलीमा गिद्धलाई शुद्धआहारका लागी यहाका बासिन्दाले बृद्ध भएका पशुहरुलाई उपचारमा बिशाक्त औषधी प्रगोग नगरी पशुको मृत्युपश्चताप गिद्धलाई आहारको रुपमा दिने गरिन्छ । यस भन्दा पहिला यहाका स्थानीय बासिन्दाले गिद्धको प्वाख धरि छोएमा अपवित्र हुन्छ,भन्ने अन्धबिश्वास जस्ता कुराहरुको मान्यता राख्ने अहिले गिद्ध संरक्षणमा जुटेका छन् ।
No comments:
Post a Comment