नवलपरासी १२ चैत
वर्तमान शिक्षा प्रणालीलाई वुर्जुवा शिक्षा भन्दै कडा आलोचना गर्ने माओवादी लडाकुहरु यस पटकको एसएलसी परिक्षामा ठूलो सङ्ख्यामा सहभागि भएका छन् । सेना समायोजनको विवादले भविष्य अनिश्चित बन्ने चिन्ताले पनि धेरै माओवादी लडाकुहरुको पढाईप्रति आकर्षण बढेको छ ।
आजबाट सञ्चालन भएको २०६६को एसएलसी परिक्षामा नवलपरासीमा मात्रै दुई सय अठ्सठ्ठी लडाकु छुट्टै परिक्षा केन्द्र मार्फत आफ्नो शैक्षिक भविष्यको रेखा कोर्न सहभागी भएका हुन् ।
चौथो डिभिजन मुख्यालय झ्यालटुङडांडा अन्तरगत नवलपरासीको अरुणखोला परिक्षा केन्द्रबाट उनिहरु एसएलसी परिक्षामा सहभागी भएका छन् । चौथो डिभिजन मुख्यालय अन्तरगत सहायक शिविरहरु सलिम मण्डल स्मृति व्रिगेड, परिवर्तन, कृष्णसेन र बासु स्मृति व्रिगेड मातहतका लडाकुहरु परिक्षामा सहभागी भएको केन्द्राध्यक्ष विन्दु कुमार श्रेष्ठले बताउनुभयो । लडाकुलाई राज्यले शैक्षिक क्षेत्र तर्फ आकर्षित गरि विशेष योजना ल्याउन सके देशको शान्ती प्रकृयामा बल पुग्ने श्रेष्ठले दावी गर्नुभयो ।
माओवादीलाई परिक्षामा दुइ सय वाह्र पुरुष लडाकु र छ्यापन्न महिला लडाकु मध्ये माओवादी युद्वकालमा घाईते भएका सात लडाकु पनि परिक्षामा सहभागी भएका थिए भने परिक्षामा चार जना अनुपस्थित थिए । यस वर्षको एसएलसी परिक्षामा नवलपरासीमा नियमित र आंशिक गरि कुल आठ हजार दुइ सय त्रिसठ्ठी विद्यार्थी सहभागी थिए । कुल विद्यार्थी मध्य १ सय ४७ अनुपस्थित रहेको जिल्ला शिक्षा अधिकारी बरखु प्रसाद रजकले जानकारी गराउनुभयो
No comments:
Post a Comment